गौतमलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान

काठमाडौं । पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन् ।

शुक्रबार आयोजित समारोहमा उनलाई नगद १५ हजार रुपैयाँसहित ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरियो ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्री भुवन चन्द र संगीतकार शम्भुजीत बासकोटा लगायतले पुरस्कार हस्तान्तरण गरे ।

काठमाडौँ र हेटौँडामा रहेर दुई दशकदेखि विधागत पत्रकारितामा क्रियाशील गौतम चलचित्र पत्रकार संघ मकवानपुर शाखाको पूर्वअध्यक्ष्ँ समेत हुन् । उनले फिल्ममा अभिनयसहित निर्माणमा पनि सहकार्य गरेका छन् ।

गौतमले आफूले पुरस्कार पाउँदा मोफसलमा विधागत पत्रकारितामा सक्रियलाई प्रोत्साहन मिल्ने प्रतिक्रिया दिए । डिजिटल माध्यमबाट निर्माण गरिएका फिल्मकर्मीलाई प्रोत्साहन गर्न यो अवार्ड हरेक वर्ष आयोजना हुँदै आएको छ ।

Online Khabar

Related Articles

Back to top button