पोर्चुगलमा नेपाली दुतावास खुल्ने, राजदूतमा सनिल नेपाल सिफारिस, एनआरएनएद्धारा स्वागत

नेपाल सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

डेढ दशकदेखि संस्थागत रुपमै गरेको अथक पहलकाबीच सरकारले गरेको पछिल्लो निर्णयबाट त्यहाँस्थित २० हजार भन्दा बढी नेपालीहरुले राहत महसुस गर्नेछन । गैरआवासीय नेपाली संघले उक्त निर्णयको स्वागत गरेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) विज्ञप्तिमा ‘ सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने निर्णयको गैरआवासीय नेपाली संघ हार्दिक स्वागत गर्दछ । सन् २००८ देखि नै प्रत्येक वर्ष संस्थागत रुपमै दूतावास स्थापनाको लागि संघले  सरकारसँग माग गर्दै आएको  थियो । सन् २००९ मा तत्कालिन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको आतिथ्यतामा लिस्वनमा भएकोसंघको तेस्रो क्षेत्रीय बैठकमा पोर्चुगलमा दूतावास स्थापना गर्नुपर्ने एजेन्डा  घनीभूत रुपमा अघि सारिएको थियो ।

त्यसपश्चात पनि लगातार भएका सबै यूरोपेली क्षेत्रीय बैठकमा संघले संस्थागत रुपमा पोर्चुगलमा दूतावास स्थापनाको लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो ।  डेढ दशकदेखि संस्थागत रुपमै गरेको अथक पहलका बीच सरकारले गरेको पछिल्लो निर्णयबाट त्यहाँस्थित २० हजार भन्दा बढी नेपालीहरुले राहत महसुस गरेका छन् । यससँगै दूतावास नहुँदा पोर्चुगलमा रहेका नेपालीहरुले व्यहोर्दै आएको विभिन्न झन्झट समेत अन्त्य हुने विश्वास लिएका छौँ ।

यसका साथै पोर्चुगलमा स्थापना हुने नेपाली दूतावासमा सनिल नेपाल राजदूतमा सिफारिस हुनुभएकोमा पनि गैरआवासीय नेपाली संघ खुशी व्यक्त गर्दै उहाँको सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछ’  उल्लेख छ ।

कुटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रुपमा चिनिएका सनिल नेपालले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघ संस्थाहरुमा विभिन्न भूमिकामा रहेर काम गरिसकेको अनुभव छ ।

त्रिभुवन विश्वविद्यालयबाटै मानवीकी संकाय तर्फको अंग्रेजी साहित्य र समाजशास्त्र गरी दुई विषयमा स्नातकोत्तर गरेका नेपालले कानुन शास्त्रका समेत विद्यार्थी हुन् ।

Sanil Nepal has been recommended as The Ambassador of Nepal to the Nepali Embassy in Portugal.

Back to top button