प्रेस जगतको सम्मान गर्न सरकार, न्यायपालिका र व्यवस्थापिकालाई इन्जाको आग्रह

 

काठमाडौं। नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल(ईन्जा) ले ३१ औं अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण पत्रकारहरुमा शुभकामना व्यक्त गरेको छ।

शुक्रबार विज्ञप्ति जारी गरी इन्जाले प्रेस स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्दै नेपाल लगायत संसारका विभिन्न भागमा पत्रकारिताको कर्म गर्दा गर्दै मारिएका संचारकर्मीहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्नुका साथै घाइते पत्रकारहरुको उपचार र जीविकोपार्जनमा ध्यान दिन सम्बन्धित निकायहरुलाई अनुरोध गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल(इन्जा) ३१ औं अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल र संसारभरि छरिएर रहनुभएका समस्त पत्रकार साथीहरू, मिडियाकर्मी मित्रहरू र सञ्चारसँग सरोकार राख्नुहुने समस्तजनहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ। नेपाललगायत संसारका विभिन्न भागमा पत्रकारिताको कर्म गर्दा गर्दै मारिएका संचारकर्मीहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै घाईते पत्रकारहरुको उपचार र जीविकोपार्जनमा ध्यान दिन सम्बन्धित निकायहरुलाई अनुरोध गर्दछौं।’

साथै इन्जाले संसारले पर्यवरणीय चासोलाई प्राथमिकतामा राखेर प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा नेपाल भने आन्तरिक प्रेस स्वतन्त्रताको प्रत्याभूतिकै लागि सधैं अल्झिरहनु परेको उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “ब्रम्हाण्डकै लागि प्रेसः वातावरणीय चुनौतीहरूको संघारमा पत्रकारिता” भन्ने नाराको साथमा युनेस्कोको आह्वानम् संसारले पर्यवरणीय चासोलाई प्राथमिकतामा राखेर प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा नेपाल भने आन्तरिक प्रेस स्वतन्त्रताको प्रत्याभूतिकै लागि सधैं अल्झिरहनु परेको छ।’

उसले देशका कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका लगायत सरकार र निजी क्षेत्रका सबै वर्ग र तप्कालाई देशको चौथो अङ्गको रुपमा रहेको प्रेस जगतको सम्मान गर्दै सहकार्य गरी अघि बढ्न आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालले प्रेस स्वतन्त्रता र मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घका विभिन्न चार्टरहरूमा हस्ताक्षर गरेको छ। र मानव अधिकार, प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता लगायतका विश्वव्यापी मान्यताहरूमा प्रतिबद्ध छ। साथै नेपालको वर्तमान संविधानले पनि यी कुराहरुलाई अक्षरस प्रत्याभूत गरेको छ। यस अर्थमा हामी देशका कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका लगायत सरकार र निजी क्षेत्रका सबै वर्ग र तप्कालाई देशको चौथो अङ्गको रुपमा रहेको प्रेस जगतलाई स्थान, सम्मान र सहकार्य गर्दै अगाडि बढ्न अनुरोध र अपील गर्दछौं। प्रेस विकासको साझेदार हो, देशको तेस्रो आँखा हो र चौथो अङ्ग पनि हो।’

 – यस समाचारको श्रोत : देश – PrawasKhabarहो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button