जापानकी विदेशमन्त्री योको काठमाडौँ आउदै

 

काठमाडौँ। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने नेपाल भ्रमणमा आउने भएकी छिन्।

परराष्ट्र मन्त्रालयले जापानी विदेशमन्त्री खामिखावाले आगामी वैशाख २३ काठमाडौँ आइपुग्ने जानकारी दिएको छ।

विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्रले जानकारी दिएको छ। उनले सोहि दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षिय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो। विदेशमन्त्री खामिखावा सोहि दिन भ्रमण पुरा गरेर स्वदेश फर्किने मन्त्रालयले जनाएको छ।

 – यस समाचारको श्रोत : देश – PrawasKhabarहो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button