वेस्टइण्डिजविरुद्ध नेपालले फिल्डिङ गर्दै, टोलीमा २ परिवर्तन

२२ वैशाख, काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम टी-२० खेलमा वेष्टइण्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा वेष्टइण्डिजका कप्तान रोस्टन चेशले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् ।

चौथो खेलबाट नेपालले दुई परिवर्तन गरेको छ । स्पिनर सागर ढकाल र अनिल शाह खेल्दा ललित नारायण राजवंशी र गुलशन झालाई बाहिर राखेको छ । टोलीमा अन्य परिवर्तन भने गरेको छैन ।

सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३-१ ले जितिसकेको छ । आजको खेल नेपाललाई विश्वकप अघिको तयारी हुनेछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । तर, त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै सिरिज गुमाएको थियो ।

Online Khabar

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button