एभरटनसँग हारेपछि लिभरपुलको उपाधि होडमा धक्का

१३ वैशाख, काठमाडौं । प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुल मर्सिसाइड डर्बीमा एभरटनसँग २-० ले पराजित भएको छ । यो हारपछि लिभरपुललाई उपाधि होडमा धक्का लागेको छ ।

एभरटनलाई घरेलु मैदानमा जित दिलाउन जाराड ब्रान्थवेइटले २७औं तथा डोमिनिक काल्भर्ट लेविनले ५८औं मिनेटमा गोल गरे ।

हारपछि लिभरपुलका कप्तान भर्जिल भान डाइकले आफ्नो टिमसँग जितको इच्छाशक्ति नभएको भन्दै प्रश्न उठाएका छन् । ‘तिनीहरु साँच्चै लिग जित्न चाहन्छन् ?’ भान डाइकले खेलपछि प्रश्न गरे । उनले यदि खेलभर यस्तै खालको प्रदर्शन गरेमा लिभरपुलले उपाधि जित्ने सम्भावना नभएको बताए ।

३४ खेलबाट लिभरपुल ७४ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको आर्सनल भन्दा ३ अंकले पछि हो । आर्सनल भन्दा लिभरपुल गोलअन्तरमा पछि छ ।

यस्तै तेस्रो स्थानको म्यानचेष्टर सिटी भन्दा लिभरपुल एक अंकले मात्र छ । तर सिटीले ३२ खेल मात्र खेलेको छ । २ खेल कम खेल्नै बाँकी रहेकोले सिटीले लिभरपुललाई पछि पार्ने सम्भावना छ ।

लिभरपुलको यस हारले शीर्ष स्थानको आर्सनललाई पनि राहत मिलेको छ ।

Online Khabar

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button