ओलीले नभनेपछि प्रचण्डले फोन गरे, देउवाले भने– सरी प्रचण्डजी

 

काठमाडौँ। सोमबार मध्यरातमा राजनीतिक वृत्त यसरी तातियो कि जसले सत्ता संकटदेखि सत्तायात्र तय गरायो। माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारलाई चक्मा दिँदै प्रमुख सत्तासहयात्री एमालेले काँग्रेससँग सरकार बनाउने सहमति गर्‍यो। दुई दलबी सरकार बनाउने सहमति कागजमा हस्ताक्षर भयो।

यो हस्ताक्षरका लागि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटदेखि सितल निवास र ललितपुरको झम्सिखेलस्थित भिभन्ता होटलदेखि मिडिया व्यवसायी रामश्वर थापाको घरसम्म चक्कर लगाउनुपर्‍यो। लामो चक्करपछि प्रचण्डलाई बिहान तपाईंँनै सरकार चलाउनुस् भनेका ओलीले साँझ काँग्रेसँग सत्तायात्र गर्ने सहमति गरेर चक्मा दिए।

सहमति गरेको तस्बिरदेखि रातीनै सरकार फेरबदलका खबर सञ्चारमाध्यममा छ्यापछ्याप्ती भए। जसले सत्ता नेतृत्व गरेको माओवादीको निद्रा हराम गर्ने नै भयो, उक्त सहमतिले माओवादीको सत्ता संकट देखाइसकेको थियो।

म‌ंगलबार बिहान उज्यालो नहुँदै राजनीतिक दलहरू आ–आफ्नो दलको पदाधिकारी बैठक बोलाउन सुरु गरे। त्यसमै बिहान करिब ८ बजे प्रचण्डले एमाले अध्यक्ष ओलीलाई बालुवाटार बोलाए।

ओली बालुवाटार पुगे।

त्यसपछि सम्वाद भयो–

प्रचण्ड– हिजो बिहान तपाईं नै सरकार चलाउनुस् भन्ने मध्यरातमा काँग्रेससँग मिल्ने सम्झौता के हो त्यो? 

ओली– त्यस्तो केही होइन। यी पत्रकार बेइमान हुन्। यी पत्रिकाले के लेख्छन् तपाईं ढुक्क हुनुहोस् त्यस्तो केही भएको छैन। राष्ट्रिय सहमति गर्ने भनेर काँग्रेससँग त्यत्ति भएको हो। अरु केही भएको छैन। राष्ट्रिय सहमति गर्ने जिम्मा देउवा जीले मलाई दिनुभएको छ। 

त्यसपछि देउवालाई प्रचण्ड फोन लगाउँछन्–

प्रचण्ड– देउवा जी ! के हो तपाईं र केपी ओलीज्यूको सम्झौताको कुरा? राष्ट्रिय सहमति गर्ने कुरा पनि छ र?

देउवा– त्यस्तो होइन। एमालेको नेतृत्वमा सरकार बनाउने भनेर हामी सहमत भइसक्यौँ। मैले ढाट्न जान्दिन्न। हाम्रो गठबन्धन भयो। यस पटकलाई ‘सरी प्रचण्ड जी।’

ओलीलाई सँगै राखेर देउवासँग प्रचण्डले कुरा गरेपछि उनले आफ्नो सत्ता संकटउन्मुख भएको निष्कर्ष निकालेको माओवादी नेताहरूले बताएका छन्।

 – यस समाचारको श्रोत : देश – PrawasKhabarहो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button