रास्वपा बैठक : ७० प्रतिशत सदस्यले राखे धारणा

 

काठमाडौँ । रास्वपाको केन्द्रीय समितिको बैठकमा महामन्त्री डा‍‍. मुकुल ढकालले तयार गरेको प्रतिवेदनमाथिको छलफल जारी छ।

सहप्रवक्ता मनिष झाका अनुसार अहिलेसम्म ७० प्रतिशत सदस्यले प्रतिवेदनमाथि आफ्नो मत राखेका छन्।

झाले प्रतिवेदनमाथिको छलफल पश्चात प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिएका छन्।

साथै अहिले मिडियामा सार्वजनिक भएको भनिएको प्रतिवेदन, महामन्त्रीले सभापतिलाई भुझाएको प्रतिवेदन भन्दा फरक रहेको समेत झाले बताए।

बुधबार बिहानदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले सबैको ध्यान केन्द्रित गरेका थिए।

उनले बैठकको प्रत्यक्ष प्रशारण गर्न माग गरेको विषय बैठकले अस्वीकार गरेपछि मुखमा कालो टेप लगाएर बैठकमा बसेका थिए।

जुन तस्बीर सामाजिक सञ्जालमा भाइरल समेत भएको छ।

साथै ढकालले बैठकमा प्रस्तुत गर्न खोजेको प्रस्ताव सभापति रबि लामिछानेले पेश गर्न नदिएको आरोप समेत उनले लगाएका छन्।

महामन्त्रीले मुखमा कालो टेप लगाएर बसेपछि उनले तयार गरेको प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकमा प्रस्तुत गरेका थिए।

 – यस समाचारको श्रोत : देश – PrawasKhabarहो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button