‘प्रचण्ड’लाई भेट्न ओली पुगे बालुवाटार

 

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच शनिबार भएको वार्तापछि फेरि सत्ता ‘उथलपुथल’को अनुमान गरिएकाे छ।

त्यस्तै, आइतबार सिंहदबारमा प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता भएको थियो। करिब आधा घण्टा दाहाल र ओली कुराकानी गरेपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेसमेत सहभागी भएका थिए।

त्यसो त एमाले अध्यक्ष ओली सोमबार एकाबिहानै प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन्।

 – यस समाचारको श्रोत : देश – PrawasKhabarहो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button