चिनियाँ नागरिक दाओजिनको योजनामा ३० अर्बभन्दा बढीको सुन तस्करी

 

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अवैध सुन तस्करीका लागि ७ कम्पनीमध्ये ५ वटाबाट ३ हजार १९४ केजी ६६८ ग्राम सुन तस्करी भएको जानकारी दिएको छ।

सीआईबीले सोमबार पत्रकार सम्मेलन गरी अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरुले स्थापना गरेका विभिन्न ७ डमी कम्पनीहरु मध्ये ३ हजार १९४ केजी ६६८ ग्राम सुन तस्करी भएको जानकारी दिएको हो।

गत २०८० साल साउन २ गते त्रिभुवन विमानस्थलको भन्सारबाट बाहिरिएको ६० किलो ७१६ ग्राम अवैध सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर सुरु भएको अनुसन्धान पश्चात अहिलेसम्मको अनुसन्धानमा उक्त परिणामको अवैध सुन चोरी पैठारी भएको खुलेको सिआईबीले जानकारी दिएको छ।

सीआईबीले ब्रेक सूमा सुन लुकाएर ल्याएको अभियोगमा पक्राउ परेका २५ जनामध्ये २४ जना अभियुक्तहरु पुर्पक्षका लागि थुनामा रहेको जानकारी गराएको छ। उक्त परिमाणको सुन इलेक्ट्रोनिक मालवस्तु पानी तान्ने पम्प, स्मार्ट वाच, सेभिङ मेसिन, ब्रेक सूमा ल्याइएको थियो।

सीआईबीका अनुसार अवैध चोरी पैठारी गर्नका लागि चिनियाँ नागरिक दाओजिन वाङसमेतको योजनामा स्थापना भएको थियो। अवैध सुन पैठारीका लागि स्थापना भएका कम्पनीहरुमा भुजेल इलेक्ट्रिक सप्लायर्स प्रा.लि, ह्वाडा इलेक्ट्रिक सप्लायर्स प्रा.लि, छुन्गाक इलेक्ट्रिक सप्लायर्स, दोलखा इलेक्ट्रिक सप्लायर्स र रेडी ट्रेड प्रा.लि. रहेका छन्।

सीआईबीले उक्त सुनको कूल मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ निकालेको छ। अवैध रुपमा चोरी पैठारी भएको सुनको रकम भुक्तानीमा पेवेल नेपाल प्रा.लि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि. बाट भएको पाइएको छ।

सीआईबीले पहिलो चरणको अनुसन्धान सकेर गत भदौ ५ गते अदालतमा मुद्दा दायर गरेको थियो। त्यो बेला ‘ब्रेक सू’ का भित्रिएको अवैध सुनको मात्रै अनुसन्धान पुरा भएको र पाँच वटा कम्पनीबाट अवैध रुपमा भित्रिएको सुनहरुको सम्बन्धमा थप अनुसन्धान गरिएको उनले बताए। सीआईबीका अनुसार दोस्रो पटकको अनुसन्धानको क्रममा २० जना पक्राउ परेका छन्।

 – यस समाचारको श्रोत : देश – PrawasKhabarहो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button