इंग्ल्यान्डलाई फाइनलमा पुग्न भारतले दियो १७२ रनको लक्ष्य

१३ असार, काठमाडौं – भारतले आईसीसी टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई फाइनलमा पुग्न १७२ रनको लक्ष्य दिएको छ । गयानामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनायो ।

कप्तान रोहित शर्माले ३९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५७ रन बनाए । सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्कासहित ४७ रन बनाए । दोस्रो विकेटका लागि सूर्य र रोहितले ५० बलमा ७३ रनको साझेदारी गरेका थिए ।

हार्दिक पान्ड्या १३ बलमा १ चौका र २ छक्कासहित २३, विराट कोहली ९, ऋषभ पन्त ४ र शिबम दुबे शून्यमा आउट भए । तल्लोक्रममा रविन्द्र जडेजाले १७ र अक्षर पटेलले १० रन बनाए । इंग्ल्यान्डका क्रिस जोर्डनले ३ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । रिस टोप्ली, जोफ्रा आर्चर, साम करन र आदिल राशिदले १(१ विकेट लिए ।

Online Khabar

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button